|

काठमाडौं : राहदानी बनाइदिने भन्दै ठगी गर्ने ५ जनालाई जिल्ला प्रहरी कार्यालय पर्साले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा वीरगञ्ज महानगरपालिका-९ रानीघाटका २६ वर्षीय सदाम हुसेन, २४ वर्षका कुन्दन यादव, ३० वर्षका प्रदीप साह, वडा नम्बर २४ का २२ वर्षीय सञ्जित गुप्ता र वडा नम्बर १० का ३८ वर्षीय फैयाज आलम रहेका पर्साका प्रहरी नायब उपरीक्षक प्रह्लाद कार्कीले जानकारी दिए। 

उनीहरूले जिल्ला प्रशासन कार्यालय वीरगञ्जको गेटमा फोटो स्टुडियो सञ्चालन गरी राहदानी फारम भर्न २ सय रुपैयाँ र राहदानी १४ दिनभित्र मिलाइदिन्छु भनी पीडितबाट २५ सय रुपैयाँ लिएका हुन्। पीडित धोवनी गाउँपालिकाका २१ वर्षीय सागर आलमले राहदानीको विषयमा बुझ्दा राहदानी मगाउन भन्दै पुनः २५ सय रुपैयाँ माग गरेपछि उनले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए।

उजुरीमाथि अनुसन्धान गर्दा ठगी गरेको खुल्न आएकाले विभिन्न फोटो स्टुडियो, मोबाइल पसल सञ्चालक तथा स्टुडियोका कामदारहरू पक्राउ परेका डिएसपी कार्कीले बताए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.