|
फाइल फोटो

काठमाडौं : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले नेकपाको संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको शिक्षाबाट दीक्षित भएर नेकपा एकीकृत समाजवादी पार्टी निर्माण गरेको बताएका छन्। 

नेकपाको संस्थापक महासचिव पुष्पलालको ४४ औं स्मृति दिवसको अवसरमा श्रद्धाञ्जली दिन कीर्तिपुरको चम्पादेवी पुगेका अध्यक्ष नेपालले पुष्पलालको शिक्षा दीक्षाबाट दीक्षित भएर नेपालको इतिहासमा कीर्तिमान कायम गरेको बताएका हुन्। 

उनले भने, ‘पुष्पलालको शिक्षा र दीक्षाबाट दीक्षित भएका हामीले नेकपा समाजवादी पार्टी क्रान्तिकारी पार्टी निर्माण गरेका छौं। त्यसको छुटै अस्तित्व छ।’ 

उनले अहिले आफुहरुको काँधमा अनेक चुनौतिहरु भएपनि आत्तिनुपर्ने कुनै कारण नभएको बताए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.