|
फाइल फोटो

काठमाडौं : नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारत भ्रमणमा कांग्रेस नेत्री आरजु राणा देउवा र आफूबीच भेटको विषयलाई षड्‌यन्त्र बनाएर प्रचार गरिएको बताएका छन्। 

शनिबार जनकपुरमा सञ्चारकर्मीहरूसँगको कुराकानीका क्रममा उनले आगामी निर्वाचनपछि आरजुलाई प्रधानमन्त्री र राष्ट्रपतिमा शेरबहादुर देउवालाई बनाउने भन्ने कुरा कुनै गिरोहले गरेको आपराधिक हल्ला भएको बताएका हुन्। 

उनले सो कुरामा कुनै सत्यता नरहेको भन्दै यो हुने नसक्ने कुरालाई प्रचार गरिएको दाबी गरे। झूटो कुरालाई अन्तरराष्ट्रिय स्तरमा समेत प्रचार गरिएको बताए। 

उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नभेट्नुका कारण कसैलाई प्रधानमन्त्री र राष्ट्रपति बनाउने भन्ने  विषयलाई लिएर नरहेको स्पष्ट पारे। उनले तथ्यहीन र षड्‌यन्त्रमूलक प्रचारबाजीबाट सबै सतर्क हुन आवश्यक रहेको पनि बताए। 

उनले तत्कालीन सत्ता गठबन्धन चुनावसम्म रहनेमा शंका नगर्न आग्रह गरे। 

‘यो सबै हावा कुरा हो। यो एकखालको भ्रम फैलाउने कुनै न कुनै गिरोहले गरेको आपराधिक हल्ला हो। त्यसमा कुनै सत्यता छैन, हुन सक्दैन। आरजु उपचारको क्रममा दिल्लीमा हुनुहुन्थ्यो। उहाँको स्वास्थ्यलाभको कामना गरेको हो’‚ उनले भने, ‘त्यो यति प्रचारमा लगियो कि अन्तरराष्ट्रियस्तरमा पनि प्रचार भएछ। यस्ता वाहियात, तथ्यहीन र षड्‌यन्त्रमूलक कुराबाट जोगिनुहोला।’

उनले दिल्लीमा कांग्रेस नेतृ आरजु देउवा र आफू बीचमा कुनै पनि प्रकारको सम्झौता नभएको स्पष्ट पारे। उनले केही षड्‌यन्त्रकारीले यसलाई तन्काएर षड्‌यन्त्रपूर्ण तरिकाले उठाउन खोजेको बताउँदै यसमा कुनै पनि प्रकारको सत्यता नरहेको दाबी गरे। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.