|

काठमाडौं : इराकको उत्तरी प्रान्त दुहोकको एउटा रिसोर्टमा घातक बम विस्फोटपछि इराकले शनिबार संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्को तत्काल बैठकको आग्रह गरेको छ।

इराकी विदेश मन्त्रालयका प्रवक्ता अहमद अल–साहफद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘मन्त्रालयले संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्लाई टर्कीको आक्रमणबारे छलफल गर्न तत्काल बैठक गर्न अनुरोध गरेको छ।’ आक्रमणमा दुहोक प्रान्तमा नौ सर्बसाधारणको मृत्यु भएको थियो भने कैयौँ घाइते भएका थिए।

टर्कीले गत बुधबार इराकको अर्ध स्वायत्त क्षेत्र कुर्दिस्तानको दुहोक रिसोर्टमा आक्रमण गरेको थियो।

इराकी सरकारले टर्की सेनालाई आक्रमण गरेको आरोप लगाएको छ। अंकाराले आरोप अस्वीकार गरेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.