नामिबियाले ४ सय केभी प्रसारण लाइनको उद्घाटन गरेको छ। जसले देशको ऊर्जा सुरक्षा र क्षेत्रीय सहयोगतर्फ महत्वपूर्ण भुमिका खेल्ने बताइएको छ।
उद्घाटन समारोहमा बोल्दै खानी तथा ऊर्जामन्त्री टम अल्वेन्डोले भिजन २०३० मा उल्लिखित राष्ट्रिय लक्ष्यहरू अनुरूप सन् २०३० सम्ममा ऊर्जा आत्मनिर्भरता हासिल गर्ने नामिबियाको प्रतिवद्धतालाई जोड दिए।
४ सय केभि प्रसारण लाइनको निर्माणले ऊर्जा सुरक्षा र क्षेत्रीय सहयोगतर्फको हाम्रो यात्रामा एउटा महत्वपूर्ण कोसेढुङ्गा भएको बताए। नामिबियाको पावर युटिलिटी नामपावरद्वारा ८७३ मिलियन नामिबियन डलर (लगभग ४६ मिलियन यूएस डलर) को वित्त पोषित प्रसारण लाइनले क्षेत्रीय व्यापार बढाउन र नामिबियालाई छिमेकी देशहरूमा अतिरिक्त ऊर्जा निर्यात गर्न अनुमति दिने अपेक्षा गरिएको छ।
प्रसारण लाइनको निर्माण नामपावरले यसको प्रसारण प्रणाली बिस्तार गर्नको लागि गरेको लगानीको एक हिस्सा हो। जसमा ६६ केभी देखि ४०० केभी ओभरहेड लाइनको नेटवर्क रहेको छ। नयाँ लाइनले विद्यमान ११ हजार ७०० किलोमिटरमा थप २८७ किलोमिटर नेटवर्क बिस्तार गर्नेछ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।