|

बागलुङ : पाल्पामा बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन्। बागलुङको बुर्तिबाङदेखि बुटवलका लागि छुटेको लु १ ज ५९५२ नम्बरको बस आइतबार साँझ पाल्लाको रिब्दिकोट गाउँपालिका वडा नम्बर २ लघुवामा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी वीरेन्द्र थापाले जानकारी दिए।

बस सडकदेखि ३०० मिटर तल खसेको उनको भनाइ छ। ६ जनाको घटनास्थलमै मृत्यु भएको र १७ जनालाई उद्धार गरी पाल्पा पठाएको थापाले बताए। मृत्यु हुनेमा ३ महिला ३ पुरुष रहेका छन्। उनीहरूको सनाखत भने हुन सकेको छैन।

चालकको समेत खुट्टा भाँचिएको डिएपी थापाको भनाइ छ। घाइते १७ जनाको परिचय खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.