|

काठमाडौं : नेपालमा दिनहुँ कोरोना संक्रमित बढिरहेका छन्। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गएको २४ घण्टामा ५ हजार ५५ जनामा परीक्षण गर्दा ६ सय ३८ जना नयाँ संक्रमित थपिएका हुन्। 

२ हजार २ सय १५ जनाको पिसिआर परीक्षण गर्दा ४ सय र २ हजार ८ सय ४० जनामा एन्टिजेन परीक्षण गर्दा २ सय ३८ जनामा संक्रमण पुष्टि भएको हो।

मन्त्रालयका अनुसार यो अवधिमा २ जना संक्रमितको मृत्यु भएको छ। सक्रिय संक्रमितको संख्या ३ हजार ७ सय १४ पुगेको छ । गत २४ घण्टामा २ सय १८ जना संक्रमणमुक्त भएका छन्। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.