|

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाबाट भद्रकालीस्थित राष्ट्रिय समाचार समिति (रासस)को केन्द्रीय कार्यालयको नवनिर्मित भवनको उद्घाटन गरेका छन्।

प्रधानमन्त्री देउवाले बुधबार ताम्रपत्र अनावरण गरेर रासस केन्द्रीय कार्यालयको भवन उद्घाटन गरेका हुन्।

२०७२ को भूकम्पका कारण क्षतिग्रस्त रासस भवन तत्कालीन राष्ट्रिय पुनःनिर्माण प्राधिकरणबाट प्राप्त १६ करोड ८६ लाख १५२ को लागतमा निर्माण सम्पन्न भएको हो। 

प्रधानमन्त्री देउवाबाटै २०७४ कात्तिक ९ गते शिलान्यास भएको ‘ब्लक ए’ र ‘ब्लक बी’ रासस भवनमा ५४ कोठा छन्। चारतले यी भवनबाट राससको व्यवस्थापनसहित सबै सेवा सञ्चालन हुनेछ।  

नेपाल संवाद समिति (नेसस) र सगरमाथा संवाद समिति (ससस) गाभिएर २०१८ फागुन ७ गते राष्ट्रिय संवाद समिति (रासस) को स्थापना भएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.