पदाधिकारी टुंग्याउन नेतृत्वसामु दबाब

|

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी प्रतिनिधि र प्रदेशसभाको निर्वाचनमा पाँच दलीय गठबन्धन कायम रहने बताएका छन्।
 

बिहीबार बिहान पार्टी कार्यालय पेरिसडाँडामा बसेको बैठकले बैठकमा प्रचण्डले एमाले बाहेकको वामपन्थी एकता गराउने प्रयास भइरहे पनि कांग्रेस सहकार्य नटुट्ने प्रष्ट पारेका हुन्। 

प्रचण्डको भनाइलाई उदृत गर्दै एक नेताले भने, ‘तत्काल एमालेसँग सहकार्यको सम्भावना छैन। हामीले एमालेबाहेकको वामपन्थी एकता गर्दै कांग्रेससँग सहकार्य पनि जोगाउनुपर्छ।’ 

समाजवादी केन्द्र निर्माणबारे शीर्ष तहमा छलफल चलिरहे पनि त्यसले मूर्तरूप नपाएको बताए। 

बैठकमा नेताहरुले आफ्नो धारणा राख्नेक्रममा पदाधिकारीसहित सम्पूर्ण कमिटी टुंग्याउन दबाब दिएका थिए। महाधिवेशन भएको महिनौं  वितिसक्दा समेत माओवादीमा अध्यक्ष बाहेक अन्य पदाधिकारी चयन गर्न सकेको छैन। 

बैठक शुक्रबार बिहान ८ बजे पुनः बस्दैछ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.