|

दाङ : दाङमा ६७ वर्षीया वृद्धालाई जबरजस्ती करणी गरेको आरोपमा एक युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा लमही नगरपालिका-६ मध्यनगर निवासी २९ वर्षीय बलबहादुर चौधरी रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।

प्रहरीका अनुसार चौधरीले ती वृद्धा घरमा एक्लै भएको समय पारेर पटक पटक जबरजस्ती करणी गर्दै आएका थिए। वृद्धाले आफूलाई जबरजस्ती करणी गर्ने व्यक्तिको पहिचान गर्न नसक्दा घटना बाहिरिन ढिला भएको प्रहरीले बताएको छ।

आफूलाई जबरजस्ती करणी गर्ने व्यक्ति साउन २ गते राति ९ बजेतिर वृद्धाले पहिचान गरेपछि उनका परिवारले बुधबार मात्र प्रहरीमा उजुरी दिएको थियो। वृद्धाको अवस्था भने अहिले सामान्य रहेको र जबरजस्ती करणी गर्ने चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवं डिएसपी मुकुन्दप्रसाद रिजालले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.