|

नेपाल नेत्रहीन क्रिकेट संघको अध्यक्षमा पुन:नेपाली सेनाका प्रमुख सेनानी पवन घिमिरे निर्वाचित भएका छन्।

बिहीबार बसेको संघको १७ औं वार्षिक साधारणसभा तथा छैटौँ अधिवेशनले नयाँ कार्यकालका लागि घिमिरेलाई अध्यक्ष चयन गरेको हो । उनी अन्तर्राष्ट्रिय नेत्रहीन क्रिकेट परिषदका कोषाध्यक्ष पनि हुन् । 

११ सदस्यीय निर्वाचित कार्यसमितिको उपाध्यक्षमा गीता पौडेल, महासचिवमा अमृत बराल, कोषाध्यक्षमा उपेन्द्र श्रेष्ठ र सचिवमा निलकण्ठ तिमिल्सेना निर्वाचित भए। २०६३ सालमा स्थापना भएको संघले नेत्रहीन क्रिकेटको माध्यममा विश्वमा आफ्नो अब्बल प्रस्तुति दिइरहेको छ । 

संघको अधिवेशनले दृष्टिविहीन महिला क्रिकेट खेललाई थप उचाइमा पुर्‍याउन समीक्षा ज्ञवालीको संयोजकत्वमा पाँच सदस्यीय  महिला समिति समेत गठन गरेको छ। समितिमा मुना अर्याल, भगवती अमगाई , शुसिला चौधरी र  सरिता घिमिरे सदस्य  छन्।

यसअघि नेत्रहीन क्रिकेट संघले बुधबार आफ्नो १७ औं वार्षिकोत्सवका अवसरमा दृष्टिवीहिन भएका र नभएका क्रिकेट खेलाडीबीच अन्र्तक्रिया तथा अनुभव साटासाट कार्यक्रम गरेको थियो । 

दृष्टिविहीन महिला टोलीकी कप्तान भगवती भट्टराई र नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीकी कप्तान रुबिना क्षेत्रीबीच अनुभव साटेका हुन्। ​

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.