|

काठमाडौं : गृहमन्त्री बालकृष्ण खाण र पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच भेटवार्ता भएको छ।  शुक्रबार बिहान मन्त्री खाणले प्रचण्ड निवास ललितपुरको खुमलटार पुगेर भेटवार्ता गरेका हुन्।

भेटमा राष्ट्रिय राजनीति र समसामयिक विषयहरूमा छलफल भएको छ। दाहाल र मन्त्री खाणबीच नागरिकता विधेयकको कार्यान्वयन, चुनावको मिति घोषणालगायत विषयमा छलफल भएको सचिवालयले जनाएको छ। 

सरकारले यही साता चुनावको मिति घोषणा गर्ने तयारी छ। निर्वाचन आयोगले यसअघि नै आगामी मंसिर २ गते प्रदेश र प्रतिनिधिसभा सदस्यको निर्वाचन गर्न परामर्श दिइसकेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.