|

काठमाडौं : तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले बजेटमा करका दर हेरफेरमा अनधिकृत व्यक्ति संलग्न गराएकोबारे छानबिन गर्न गठित संसदीय समितिले उनलाई ‘क्लिन चिट’ दिएको छ। 

मूल प्रमाणमा रुपमा रहेको सिसिटिभी फुटेज उपलब्ध हुन नसकेपछि बाहिरबाट अनधिकृत व्यक्ति मन्त्रालय प्रवेश गरेको समितिले पुष्टि गर्न सकेन। समितिले छानबिनका लागि जेठ १४ र १५ गतेको सिसिटिभी फुटेज अर्थ मन्त्रालयसँग मागेको थियो।

तर अभिलेख नभएको भन्ने जानकारी आएपछि समितिले नेपाल प्रहरीको डिजिटल फरेन्सिक ल्याबलाई फुटेज रिकभरका लागि पठाइयो।

प्रहरीले सो मितिका ५१ वटा सिसिटिभी फुटेजका सिंगल फ्रेम क्लिप समितिलाई उपलब्ध गरायो जुन चलायमान फुटेज होइन। त्यसपछि समितिले ठहर गर्‍यो, ‘बाहिरबाट अनधिकृत व्यक्ति प्रवेश गरेको भन्न सकिने अवस्था देखिएन।’

हेर्नुहोस् छानबिन समितिले रिकभर भएर हेरेको सिसिटिभी फुटेजका सिंगल फ्रेम क्लिप

स्रोत : छानबिन समितको प्रतिवेदन

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.