|

राैतहट : नयाँ कार्यसमिति चयनका लागि ओझेलमा परेको चन्द्रपुर नगर उद्योग वाणिज्य संघको निर्वाचन प्रक्रिया अघि बढेको छ।

चन्द्रपुर नगर उद्योग वाणिज्य संघको निर्वाचन तोकिएकाे समयमा हुन नसकेको भन्दै सामाजिक सञ्जालमा चर्को आलोचना भइरहेको बेला निर्वाचन समितिले निर्वाचनको तालिका सार्वजनिक गरेको हो।

शनिबार बसेको चन्द्रपुर नगर उद्योग वाणिज्य संघको निर्वाचन समितिले निर्वाचनको तालिका नै सार्वजनिक गरेको संघका पूर्वअध्यक्ष तथा निर्वाचन समितिका संयोजक खड्कबहादुर बम्जनले जानकारी दिएका छन्।

संघको अध्यक्षका लागि पूर्वमहासचिव उदयनारायण सापकोटा, निवर्तमान महासचिव सुनिलकुमार साह र निवर्तमान कोषाध्यक्ष मनोज कुमार साहले उम्मेदवारी दिने चर्चा छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.