|

काठमाडाैं : नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले वातावरणमा प्रभाव पर्ने कार्बन, पेट्रोलिय पदार्थबाट नै श्रृजित भएकाले कार्बन कम गर्न पेट्रोल तथा डिजेलबाट चल्ने सवारीलाई प्रतिस्थापन गर्न जरुरी रहेको बताएका छन्।

आईतवार नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले 'क्रस बोर्डर विद्युत व्यापारमा खुला पहुँच र प्रसारण मूल्य निर्धारणलाई प्राथमिकता' विषयक परामर्श कार्यशाला कार्यक्रममा बोल्दै निर्देशक घिसिङले यस्तो बताएका हुन्।

उनले विद्युतीय सवारीको कुरामा सबै विद्युतीय सवारी चलाएपनि ४०० मेगावट खपत हुँदैन भन्ने डाटा गलत भएको दाबी गरे। उनले विद्युत सवारीमा प्रतिकिलोमिटर एक रुपैयाँ पनि नपर्ने भन्दै अहिले पेट्रोल डिजेलमा २० रुपैयाँ सवारी भाडा रहेको बताए।

घिसिङले २० वर्षपछि पनि निजी क्षेत्रलाई विद्युत व्यापार गर्न दिन नसकिने बताएका छन्। विद्युत प्राधिकरणले ट्रान्समिसन प्रसारण लाइनको जोखिम, शुल्क तिर्न र २० वर्षपछि निजी क्षेत्रलाई व्यापार गर्न दिने कुरा हुन नसक्ने उनले स्पष्ट बनाए। निर्देशक घिसिङले प्रसारण लाइनमा वन तथा अन्य विविध कारणले प्रसारण शुल्क बढाउँदै जान नहुनेसमेत बताए।

उनले पछिल्लो समय ट्रान्समिसन प्रसारणमा शुल्क उच्च हुँदै गएको पनि जानकारी दिए। घिसिङले प्रसारण लाइनको लागत कम गर्नुपर्ने पनि बताए। गत वर्ष प्राधिकरणले ५ अर्बको विद्युत निर्यात गरेको थियो।

कार्यकारी निर्देशक घिसिङले सिमेन्ट उद्योगमा ६५ प्रतिशत विद्युत क्षमता दिन नसकेको विषय गलत भएको बताए। उनले अहिले सबै उद्योगमा शतप्रतिशत क्षमतामा विद्युत दिएको दाबी गरे।

त्यस्तै कार्यक्रममा उर्जा मन्त्रालयका सचिव सुशीलचन्द्र तिवारीले विद्युत उत्पादन र व्यापारको लागि उर्जा मन्त्रालयले आवश्यकता अनुसार नीतिहरु परिमार्जन गर्दै गएको बताए। उनले जलविद्युत क्षेत्रको विकासको लागि लगानी बढाउन आवश्यक रहेको जानकारी दिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.