|

काठमाडाैं : नेपाली कांग्रेस निकट युथ कांग्रेसले आज अर्थमन्त्री जनार्दन शर्माविरुद्ध संघीय संसद अघि कालो झण्डा प्रदर्शन गर्दै विरोध जनाएको छ।

शर्मालाई छानबिन नै नगरी सफाई दिएको र पुनः अर्थमन्त्रीमा नियुक्ति दिएको विरोधमा उनीहरुले प्रदर्शन गरेका हुन्।

प्रदर्शन सुरु हुनेबित्तिकै प्रहरीले प्रदर्शनकारीलाई  नियन्त्रणमा लिई गिरफ्तार गरेको छ।

युथ काङ्ग्रेसका नेता मनोज पुरीका अनुसार गिरफ्तार गरिएका १९ जना युथ कांग्रेसका नेता तथा कार्यकर्तालाई अहिले प्रहरी वृत तीनकुनेमा राखिएको छ।(फाेटाेफिचर)

 

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.