|

काठमाडौं : मादक पदार्थ सेवन गरेर विद्यालय पुगेका हेडमास्टर पक्राउ परेपछि एक हजार रुपैयाँ धरौटी तिरेर घर फर्किएका छन्।

जाजरकोटको सदरमुकाम खलंगास्थित त्रिभुवन माध्यमिक विद्यालयका प्रधानाध्यापक भक्तबहादुर मल्ल आज विद्यालय पुग्नेवित्तिकै प्रहरीले पक्राउ गरेको थियो।

उनलाई मेडिकल चेकजाँचका क्रममा मापसे गरेको पाइएपछि प्रहरीले कारबाहीका लागि जिल्ला प्रशासन कार्यालयमा बुझाइएको जाजरकोटका प्रहरी निरीक्षक पुष्करराज पन्तले जानकारी दिए।

उनका अनुसार हेडमास्टर मल्ललाई प्रशासनले एक हजार रुपैयाँ धरौटी तिराएर छाडिएको हो।

नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपा निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारी जाजरकोटको समन्वयमा मल्ल पक्राउ परेका थिए। आज बिहान प्रधानाध्यापकले मदिरा सेवन गरी आएको गोप्य सूचनाका आधारमा अखिल क्रान्तिकारीले प्रहरीलाई खबर गरेको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.