|

काठमाडौं : उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य तथा कृषि उद्यम केन्द्रका सभापति अरुणराज सुमार्गी संयुक्त राष्ट्रसंघ अन्तरगतको आर्थिक तथा सामाजिक परिषदको अन्तर–सरकारी पर्यवेक्षक संस्था (आईआईएसएम) को अवैतनिक सल्लाहकार नियुक्त भएका छन्।

आईआईएसएमले सुमार्गीलाई नेपालको अवैतनिक सल्लाहकारमा नियुक्त गरेको हो।  यो संस्थाले विश्वव्यापी रूपमा कुपोषणविरुद्ध लड्न मानवीय सहायता प्रदान  गर्ने जिम्मेवारी पाएकाे छ।​ आईआईएसएमले कुपोषण र यसका सम्बन्धित रोगहरूविरुद्ध काम गर्दै आएको छ। 

सुमार्गीले सय किसान अभियानमार्फत नेपालको कृषि उत्पादनलाई औद्योगीकरण गर्ने योजना बोकेर देशव्यापी अभियान चलाइरहेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.