|
फाइल तस्वीर

काठमाडौं : चतरामा सप्तकोशीको पानी आज (मंगलबार) बिहानैदेखि सतर्कता तह नजिक पुगेकाे छ।

जल तथा मौसम विज्ञान विभागले यससँगै उदयपुर, सुनसरी र सप्तरी जिल्लाका कोशी किनारका क्षेत्रमा बसोबास गर्ने स्थानीयलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

‘यी स्थानमा रहनु हुनेहरू बेलुकासम्म नै उच्च सतर्कता अपनाऔँ,’ सूचनामा उल्लेख गरिएकाे छ।

राष्ट्रिय विपद् जोखिम तथा न्यूनीकरण व्यवस्थापन प्राधिकरणले पनि अहिले वर्षा भइरहेको जानकारी दिँदै उच्च सावधानी अपनाउन आग्रह गरेको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.