‘सीपीजी र म अलग बस्नुपर्ने कारण छैन’

|

काठमाडौं : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धन बाहिर रहेका वामपन्थी शक्तिलाई  एकताका लागि अपिल गरेका छन्। 

काठमाडौंमा मंगलबार आयोजित एक कार्यक्रममा बोल्दै उनले प्रतिक्रियावादीहरुले ठूलो चुनौति दिइरहेका बेला संगै मिलेर काम गर्न आग्रह गरे। 

गठबन्धन कम्युनिष्टहरू सिध्याउन बनेको भन्दै उनले बाहिर रहेका वामपन्थी पार्टी, शक्ति र व्यक्तिहरु गठबन्धनको जस्तो दुष्ट आशय बोकेका नभएकाले एकता हुन सक्ने बताए।

‘दुष्ट आशय बोकेकासँग हामी एकता गर्न सक्दैनौं। दुष्ट आशय नबोकेका साथीहरु ए बाबा ! ठूलै भाँडामा पकाएको ढिँडो खाउनँ, फेरि साना-साना भाँडा किना बसाउनुपर्‍यो’, ओलीले भने, ‘म आव्हान गर्छु, आग्रह गर्छु साथीहरुलाई आउनुहोस् सँगै मिलेर काम गरौं।’

गठबन्धनले जस्तो चुनावी तालमेल मात्रै नगर्ने भन्दै उनले मंचमा सँगै रहेका नेकपा (माले)का महासचिव सीपी मैनालीलाई पार्टीमा आउन आग्रह गरे। 

'सीपीजी र म एकअर्कालाई बहुत राम्रोसँग चिन्दछौं, जुँगाका रेखी बस्दै गर्दाखेरी चिनेका हामी एउटै आन्दोलनबाट पनि आएका हौं’, उनले भने ‘अलग बस्नुपर्ने कारण नै छैन। हामी कोही पनि देश जनता,प्रगति, विकास सुशासन विरुद्ध छैनौं, एकताका आधार यिनै हुन्, अरु अनावश्यक सानातिना कुरा नझिकौँ। एकतावद्ध भएर अगाडि बढौं।’

उनले गठबन्धन छाडेर आए त्यहाँ भित्रका वामपन्थीसँग पनि एकता हुनसक्ने बताए। ‘यदि गठबन्धनको उद्देश्य गलत रहेछ भनेर कोही आउँछन् भने तिनीहरूका बारेमा पनि सोचौंला’, ओलीले भने। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.