|

काठमाडाैं : नेकपा एमालेका पाेलिटब्यूराे सदस्य एवं पूर्व संस्कृति मन्त्री आनन्द पोखरेलले अमेरिकाले विश्व युद्धलाई निम्त्याउने गरी एक पछि अर्को बहाना खोजिरहेको बताएका छन्।

नेता पोखरेलले चिनियाँ सार्वभौमसत्ताको ठाडो हस्तक्षेप गर्दै अमेरिकाको तल्लो सदनकी सभामुख न्यानसी पेलोसीले ताइवान भ्रमण गरेकोमा आपत्ति जनाएका छन्।

पेलोसीको यो भ्रमणले  चीन र अमेरिका बीचमा नयाँ युद्धको परिस्थित सृजना गरेको उनको आरोप छ। 

अमेरिकाप्रति कटाक्ष गर्दै पोखरेलले अमेरिकाको विश्व साम्राज्यवादी चरित्र उदाङ्गो भएको बताएका हुन्।

उनका अनुसार चीन आफ्नो सार्वभौम रक्षाको लागि उभिनु र सङ्घर्ष गर्नु उसको बाध्यता र कर्तव्य भएको र अमेरिकाले  ताइवानलाई उकास्दै अमेरिकी हतियार र सैनिक अखडा बनाउन लाग्नु  तेस्रो विश्व युद्धलाई निम्ता दिनु जस्तै हो। 

उनका अनुसार नेपाल चीन एक असल छिमेकी हुन्, नेपाल सरकार र नेपालका राजनीतिक दलहरूसँगै सबै न्याय प्रेमी नेपाली जनताले चीनका विरुद्ध अमेरिकाले गरेको हस्तक्षेपको विरोध गर्दै , एक चीन नीति र चिनियाँ जनताको पक्षमा नेपाल र नेपालीहरू दृढतापूर्वक उभिनु पर्ने अवस्था रहेको छ।

आज फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै नेता पोखरेलले यस्तो बताएका हुन्।

उनले भनेका छन्, 'आज मानव जातिले भयरहित, स्वच्छ र सम्मानित जीवन जिउन हकको प्रत्याभूति खोजेका छन्। विश्व शक्ति राष्ट्र विशेषत अमेरिका विश्व युद्धलाई निम्त्याउने गरी एक पछि अर्को बहना खोज्दै आफ्नै मान्यताविरुद्ध चिनियाँ सार्वभौमसत्ताको ठाडो हस्तक्षेप गर्दै अमेरिकाको तल्लो सदनको सभामुख न्यानसी पेलोसीको ताइवान भ्रमण गरेकी छिन्। यसले चीन र अमेरिका बीचमा नयाँ युद्धको परिस्थित सृजना गरेको छ। यसबाट अमेरिकाको विश्व साम्राज्यवादी चरित्र उदाङ्गो भएको छ। यसबाट विश्वका न्याय प्रेमी जनसमुदाय चिन्तित हुनाका साथै विश्व युद्ध हुन सक्ने भयबाट आक्रान्त छन्। चीन आफ्नो सार्वभौम रक्षाको लागि उभिनु र सङ्घर्ष गर्नु उसको बाध्यता र कर्तव्य हो।'

'अमेरिका ताइवानलाई उकास्दै अमेरिकी हतियार र अमेरिकी सैनिक अखडा बनाउने र युद्ध भड्काउने काममा अझै लागि परेको छ। यदि नयाँ युद्ध भड्कियो भने यसले मानव जाति र पृथ्वीलाई विनाशतर्फ धकेल्ने छ र तेस्रो विश्व युद्धको खतरा छ। यो अमेरिकी सरकारको चीनको आन्तरिक मामलामा हस्तक्षेप हो। उसैले स्वीकार गरेको एक चीन नीतिविरुद्धको अपराध हो। यो साम्राज्यवाद विस्तारको लागि गरिएको पछिल्लो अमेरिकी हस्तक्षेपकारी र आक्रमणकारी नीति हो। नेपाल र नेपाली जनता सदैव विश्व शान्ति र एक चीन नीतिको पक्षमा दृढतापूर्वक उभिँदै आएका छन्। नेपाल चीन एक असल छिमेकी हुन्। आज नेपाल सरकार, राजनीतिक दलहरू र सबै न्याय प्रेमी नेपाली जनताले चीनका विरुद्ध अमेरिकाले गरेको हस्तक्षेपको विरोध गर्दै , एक चीन नीति र चिनियाँ जनताको पक्षमा नेपाल र नेपालीहरू दृढतापूर्वक उभिनु पर्दछ।', उनले लेखेका छन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.