|

काठमाडौं : युवाहरूको व्यावसायिक सारथी बन्दै आएको आइडिया स्टुडियोले यो वर्ष पनि आवेदन मागेको छ। विभिन्न पेशा वा व्यवसायको योजना हुने व्यक्तिले आफूसँग पर्याप्त पुँजी नभएका व्यक्तिका लागि नयाँ सिजनमा समावेश हुन स्टुडियोले आगामी ६ फागुनसम्म आवेदन बुझाउन सकिने जनाएको छ।

सन् २०१४ मा शुरु भएको आइडिया स्टुडियो सिजन–५ सम्म आइपुग्दा झण्डै २५ सयभन्दा बढी नवउद्यमी यससँग जोडिइसकेका छन्। जसमा १ सयभन्दा बढी प्रतिस्पर्धीले सोचबाट उद्यमको यात्रा तय गरिसकेको संस्थाले जनाएको छ।

व्यवसाय कसरी गर्ने भन्ने सोचमै अलमलिएका नवउद्यमीहरूलाई व्यवसायी बनाउन पुलको काम गर्दै आएको स्टुडियोले स्टुडियो नामक टेलिभिजन कार्यक्रम सञ्चालन गरेर सोचलाई व्यवसायमा रुपान्तरण गर्दै आएको छ।

८ वर्षदेखि आइडिया स्टुडियोमार्फत युवाहरूलाई एकीकृत गर्दै आएको स्टुडियोले व्यवसायमा आवश्यक सम्पूर्ण ज्ञान दिने गरेको छ। व्यवसाय कसरी गर्ने? के–के कुरामा अध्ययन गर्ने? लगानी कसरी जुटाउनेलगायत व्यवसाय विस्तारका विषयमा तालिम दिने गरेको स्टुडियोका संस्थापक अनिल बस्नेतले जानकारी दिए।

बस्नेतका अनुसार छैटौँ सिजनका लागि आवेदन भर्न आइडिया स्टुडियो नेपालको वेबसाइटमा गएर सिजन ६ का लागि दिइएको आवेदन फारम भर्नु पर्नेछ। जसमा आफ्नो व्यावसायिक सोच, कार्यान्वयनको अवस्था र भावी योजनासमेत समेटिनुपर्ने बस्नेतले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.