|
फाइल फोटो

काठमाडौं : सरकारले चुनावको मिति तोकेपछि निर्वाचन आयोगले पत्रकार सम्मेलन गर्दैछ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले आगामी मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन एकै चरणमा गर्ने निर्णय गरेको छ। त्यसैको तयारीका सन्दर्भमा जानकारी गराउन आज अपरान्ह साढे ४ बजे पत्रकार सम्मेलन आयोजना गरिएको आयोगले जनाएको छ।

आयोगले सूचना जारी गर्दै प्रमुख आयुक्त र आयुक्तहरुको उपस्थितिमा पत्रकार सम्मेलन हुने जानकारी गराएको छ। चुनावको मिति तोकिएसँगै आयोगले मतदाता नामावली स्थगित गर्नेदेखि दल दर्ता आह्वान गर्ने तयारी गरेको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.