|

काठमाडौं : चितवनको मुग्लिन–नारायणगढ सडक खण्ड फेरि अवरुद्ध भएको छ। चितवनको भरतपुर महानगरपालिका–२९ केराबारीमा ठूलो पहिरो गएराति २ बजेदेखि सडक अवरुद्ध भएको हो।

पहिरो पन्छाएर खडक खुलाउने प्रयास भइरहेको चितवन प्रहरीले जनाएको छ।  गत सोमवार राति केराबारीमा नै गएको ठूलो पहिरोका कारण २४ घण्टासम्म यात्रु जाममा परेका थिए। त्यसपछि खुलाइएको सडकमा मंगलबार फेरि पहिरो खसेको थियो।

बुधबार बिहान ९ बजे पहिरो पन्छाएर सडक खुलाइएको थियो। तर, गएराति फेरि पहिरो गएको हो।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.