|

भोजपुर : कोराना भाइरस संक्रमण बढेपछि भोजपुरको टेम्के मैयुङ गाउँपालिकाका सम्पूर्ण विद्यालय बन्द गरिएको छ।

गाउँपालिकाले मंगलबारदेखि छ दिनका लागि सम्पूर्ण विद्यालय बन्द गरेको जानकारी दिएको हो।

शिक्षक र विद्यार्थीमा कोरोना पोजेटिभ देखिएपछि विद्यालय बन्द गरिएको गाउँपालिकाले जनाएको छ। 

स्वास्थ्य कार्यालय भोजपुरका अनुसार जिल्लामै यो गाउँपालिकामा सबैभन्दा बढी संक्रमण देखिएको छ।

यहाँ एकै दिन ५५ जनामा कोराना संक्रमण पुष्टि भएको छ। मंगलबारसम्म जिल्लामा ५८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय जनाएको छ।

संक्रमणको अवस्था हेरेर बन्द विद्यालय सञ्चालन गरिने गाउँपालिकाको शिक्षा शाखाले जनाएको छ। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.