|

काठमाडौं : स्रोत नखुलेका ७४ लाख रुपैंयासहित काठमाडौं महानगरपालिका–१८ नरदेवीबाट ३ जना हुण्डी कारोबारी समातिएका छन् । 
उनीहरुको साथबाट ७४ लाख रुपैयाँ र विभिन्न व्यक्तिको नाममा काटिएको २६ लाख ३२ हजार ८ सय ५० रुपैयाँ बराबरको विभिन्न वित्तिय संस्थाका ९ थान चेक बरामद भएको प्रहरीले जनाएको छ।

पक्राउ पर्नेहरूमा काठमाडौं बबरमहल बस्ने भारत राजस्थान शिखर देवथला घर भएका ६४ वर्षीय राजु अग्रवाल, काठमाडौं जोरपाटी बस्ने सिन्धुपाल्चोक मेलम्ची नगरपालिका–४ घर भएका २० वर्षीय रामहरि दुलाल र काठमाडौं चावहिल बस्ने रौतहट चन्द्रपुर नगरपालिका–४ घर भएका २४ वर्षीय सुदिप आचार्य रहेका छन्। 

उक्त क्षेत्रमा गैरकानुनी रुपमा हुण्डीको कारोबार हुने गरेको भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उक्त नेपाली रुपैँया र चेक सहित फेला पारी उनीहरूलाई पक्राउ गरेको हो। उनीहरूलाई थप अनुसन्धान एवं कारवाहीको लागि राजश्व अनुसन्धान बिभाग हरिहर भवन ललितपुर पठाइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.