|

काठमाडौं : कोभिड-१९ संक्रमणबाट बिहीबार ५ जना संक्रमितको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार आज एकै दिन ५ जना संक्रमितको मृत्यु भएको हो। 

गत २४ घन्टामा ४ हजार ५३४ जनामा गरिएको परीक्षणमा ८ सय १५ जनामा संक्रमण पुष्टि भएको छ। आज ४ सय ७६ जना संक्रमित संक्रमणमुक्त भएका छन्। 

हाल देशभर ५ हजार ८६९ जना सक्रिय संक्रमित रहेका छन्। जसमा काठमाडौंमा २ हजार ९२२ जना, ललितपुरमा ८६८, जना र भक्तपुरमा ८९ जना रहेका छन्। 

सक्रिय संक्रमित मध्ये १९२ जना संस्थागत आइसोलेशन र ५ हजार ६७७ जना होम आइसोलेशनमा रहेका छन।  ६० जना संक्रमितको आइसियु र ८ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.