|

बैतडी :  बैतडीमा बँदेलका लागि किसानहरुले थापेको पासोमा चितुवा फसेको छ। जिल्लाको दशरथचन्द नगरपालिका ४ बिनासौंमा जंगली बँदेलका लागि मकैबारीमा  थापेको पासोमा चितुवा फसेको हो।

डिभिजन वन कार्यालयका प्रमुख भीमप्रसाद कँडेलका अनुसार  बुधबार बिहान चितुवा पासोमा फसेको देखिएको  हो।  जंगली बँदेलबाट मकैबाली जोगाउनका लागि किसानहरुले  थापेको पासोमा चितुवा फसेको  छ उनले भने,“ चितुवाको ढाडमा पासो परेको छ । पासोमा फसेको चितुवाको उद्धारका लागि शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट टोली आउँदैछ।” 

उद्धार टोली आज बेलुकासम्म आइपुग्ने  र उतिबेलासम्म नेपाली सेनाको टोलीले उक्त चितुवालाई खोरमा हाल्ने प्रयास गर्दैछ।  यसका साथै  टोली आउँदासम्म चितुवालाई बचाउनका लागि फसेको ठाउँमा भीडभाड नगर्न भनिएको छ। चितुवाले पासोबाट फुत्किनका लागि प्रयास गर्ने र मानिसहरुको भीड भएमा झन् आक्रामक हुने भएकाले भीडभाड नगर्न आग्रह गरिएको हो।

उद्धार टोलीले चितुवालाई बेहोस बनाएर उद्धार गर्ने डिभिजन वन कार्यालयले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.