|

काठमाडौं : उदयपुरको ताप्लि गाउँपालिका १ स्थित खोलामा डुबेर १ जनाको मृत्यु भएको छ। 

भाद्र १ गते बेलुका ६ बजे ताप्लि–१ मादलेका ३५ बर्षीय नगेन्द्र राई यारी खोलामा जाल हाली माछा मार्न गएकोमा २ गते बिहान दहमा डुबी मृत अबस्थामा फेला परेको इलाका प्रहरी कार्यालय कटारीले जनाएको छ। 

यसै गरी हिजो दिउँसो १ बजे मोरङको पथरी शनिश्चरे नगरपालिका–२ का बल बहादुर दर्जीको ८ वर्षीय छोरा अन्जान दर्जी साथीहरुसँग गोही खोलामा पौडी खेल्ने क्रममा पानीमा डुवेको अवस्थामा स्थानियले फेला पारी उपचारको लागि मोरङ अस्पताल पथरी लगेकोमा अस्पताल पुर्‍याउना साथ डाक्टरले मृत घोषणा गरेका थिए। 

घटनाबारे अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय पथरीले जनाएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.