|

काठमाडाैं : इङ्ग्लिस प्रिमियर लिगमा चेल्सी अप्रत्यासित हारको सिकार भएको छ। आईतबार राति भएको आफ्नो तेस्रो खेलमा चेल्सी लिड्स युनाइटेडसँग ३-० ले स्तब्ध बन्यो।​

लिड्सको घरेलु मैदान एलान रोडमा भएको खेलमा ३३ औँ मिनेटमा ब्रेन्डेर आरोनसनले पहिलो गोल गर्दा ३७ औँ मिनेटमा रोड्रिगोले ज्याक ह्यारिसनको पासलाई सदुपयोग गर्दा पहिलो हाफमा नै लिड्सले २-० को अग्रता बनायो।

पहिलो हाफमा सानदार प्रदर्शन गरेको लिड्सले दोस्रो हाफमा पनि सोही लयलाई जारी राख्यो। ६९ औँ मिनेटमा ज्याक ह्यारीसनले रोड्रिगोको पासमा टिमका लागि तेस्रो गोल गरे। चेल्सीले पनि केही सीमित अवसर पाएपनि गोल गर्न भने सकेन।​

८५ औँ मिनेटमा चेल्सी १० खेलाडीमा समेटिएको थियो। यसै समरमा क्लबमा भित्रिएका कालीडोउ कोउलीवेली दोहोरो पहेँलो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि चेल्सी अन्तिम समयमा दश खेलाडीमा समेटिएको थियो।

जितसँगै लिड्सको ३ खेलबाट ७ अंक बनाएर लिगको दोस्रो स्थानमा उक्लिएको छ। अपराजित रहेको लिड्सले दुई जित र एक बराबरीको नतिजा निकालेको छ। चेल्सीले समान एक जित, हार र बराबरीको नतिजा निकाल्दै ४ अंकका साथ १२ औँ स्थानमा रहेको छ।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.