भरतपुर- २ मा एमालेका पूर्ण श्रेष्ठ विजयी

|

चितवन: चितवनको भरतपुर महानगरमा अच्चम्मै भयो। हिजो वडा नम्बर- १ मा अन्तिम समयमा थोरै मत गणना बाँकी रहँदा एमालेका वडा अध्यक्ष गीता श्रेष्ठले १२१ मतले पछि पारेकी थिइन्। अब एमालेको जीत पक्का भनेर कार्यकर्ताहरूले बाजासहितको तयारी गरेका थिए।

तर एक्कासि मत परिणाम उल्टियो। कांग्रेसका उम्मेदवार जयराम श्रेष्ठले अन्तिममा लगातार मत ल्याएर १४ मत फरक पार्दै गीतालाई उछिनेपछि एमालेको तयारी असफल भएको थियो। सोही बाजा आज २ नम्बर वडाका अध्यक्षले जितेपछि बजेको छ। सो वडामा एक जना सदस्य एमालेबाट र अन्य नेपाली कांग्रेसबाट विजयी भएका छन्।

नेकपा एमालेका पूर्णबहादुर श्रेष्ठ एक हजार ९२६ मतले विजयी विजयी भए २ नम्बर वडामा। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका चामुनारायण श्रेष्ठले एक् हजार ३५४ मत प्राप्त गरे। सो वडामा सदस्यहरूमा सबै एमालेका विजयी भएका छन्।

महानगरको प्रमुख पदमा नेकपा एमालेका देवीप्रसाद ज्ञवाली एक हजार ४०९ मतले अग्रस्थानमा छन्। उनले तीन हजार ८७० र माओवादी केन्द्रकी रेणु दाहालले दुई हजार ४६१ मत प्राप्त गरेका छन्। राप्रपाका बद्री तिमिल्सिनाले २४८ मत प्राप्त गरेका छन्।

त्यसैगरी उपप्रमुखमा नेकपा एमालेकी दिव्य शर्मा अचार्यले तीन हजार ३१३, नेपाली कांग्रेसकी पार्वती शाहले दुई हजार ९७१ र राप्रपाकी रीना गुरुङले ३०७ मत प्राप्त गरेका छन्।

भरतपुर महानगरपालिकामा एक लाख १२ हजार ७४१ मत खसेको थियो। भरतपुरमा हालसम्म दुईवटा वडाको मात्रै मत गणना सम्पन्न भएको छ। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.