|

पाल्पा : नेकपा एकीकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनालले नेकपा माओवादी केन्द्रसँग पार्टी एकता हुने खुलासा गरेका छन्। सोमबार तानसेनमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा उनले यस्तो बताएका हुन्।

तत्काल कार्यगत एकता गरेर निर्वाचनमा जाने र आगामी मंसिरमा हुने निर्वाचन लगत्तै पार्टी एकता हुने उनले बताए।

नीति, सिद्धान्त र विचारका हिसाबले माओवादी केन्द्र र एकीकृत समाजवादीको सम्बन्ध निकटतम छ। ‘पार्टी एकता नै गरेर अगाडि बढ्ने छलफल चलिरहेको छ। निर्वाचन अगाडि नै पार्टी एकता गर्न हतार हुन्छ’, उनले भने, ‘दुई पार्टीबीचका बाँकी कुरामा सहमति गरेपछि औपचारिक रुपमा पार्टी एकताको घोषणा हुनेछ।’

नेकपा एमालेसँग भने तत्काल एकता हुने सम्भावना नभएकाे तर नेपालका कम्युनिष्ट पार्टीहरूबीच एकता गरेर अगाडि बढ्नुको विकल्प नरहेको उनको ठम्याइ छ। 

आगामी निर्वाचनमा आफ्नो पार्टीले धेरै सिट जित्न नसक्ने तथा सरकारको नेतृत्व गर्न सक्ने अवस्थामा पनि नपुग्ने उनले बताए। शक्तिको रुपमा भने अस्तित्व स्थापित गर्न सफल हुने उनले दाबी गरे।

५ दलीय गठबन्धन आगामी निर्वाचनसम्म कायम रहने नेता खनालले बताए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.