|

काठमाडौं : पाँचदलीय सत्ता गठबन्धनको शीर्ष नेताको बैठक बुधबार पनि बस्दैछ। बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा साँझ ५ बजे बस्नेछ।

प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा सिट बाँडफाँटबारे छलफल गर्न शीर्ष नेताहरू छलफलमा बस्न लागेका हुन्।  सिट गठबन्धनले बनाएको कार्यदलले बाँडफाँडको टुंगो लगाउन नसकेपछि केही दिनदेखि शीर्ष नेता छलफलमा जुटेका छन्। 

गठबन्धनमा आबद्ध दलहरूको अस्वाभाविक दाबीले छलफल निष्कर्षविहीन हुँदै आएको छ। कार्यदलको मंगलवारको बैठकमा संयोजक कृष्णप्रसाद सिटौला अस्वस्थताका कारण उपस्थित भएनन्।

सिट बाँडफाँडको टुंगो लगाउन सकस भएपछि कार्यदलले पार्टीका शीर्ष नेतालाई सामूहिक र एक्लाएक्लै बसेर छलफल गर्न पनि सुझाव दिएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.