|

काठमाडौं : काठमाडौंको कलंकीस्थित खसीबजारमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ। 

मृत्यु हुनेमा धादिङको छत्रे देउराली –२ का १८ वर्षीय विश्वास रञ्जितकार रहेका छन्। दुर्घटनामा गम्भीर घाइते भएका रञ्जितकारको गएराति सवा १० बजे राष्ट्रिय ट्रमा सेन्टरमा मृत्यु भएको ट्राफिक प्रहरी महाशाखा रामशाहपथले जनाएको छ।  

गएराति साढे ९ बजे बागमती प्रदेश ०१–००६ ख २८९३ नम्बरको टिपरले बा ८१ प ४१२९ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो। टिपर सहित चालकलाई प्रहरी वृत्त कालिमाटीले नियन्त्रणमा लिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.