|

काठमाडौं : सप्तरीमा पानीमा डुबेर ७ वर्षका बालकको मृत्यु भएको छ। हनुमान नगर कंकालिनी नगरपालिका-४ अर्जि मझुवापुरका जितेन्द्र सिपलियाको छोरा देविलको पोखरीमा डुबेर मृत्यु भएको हो।

सुस्त मनस्थितिको बालक घरमा कोही नभएका वेला नजिकैको पोखरीमा डुबेर मृत्यु भएको सप्तरीका प्रहरी नायब उपरीक्षक माधव प्रसाद काफ्लेले जानकारी दिए।  

यसैगरी भदौ २ गते राति दुर्घटनामा परेका विष्णुपुर गाउँपालिका-६ का ५५ वर्षीय रामविलास रायको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते यादवको उपचारकै क्रममा छिन्नमस्ता अस्पताल राजविराजमा आज दिउँसो मृत्यु भएको डिएसपी काफ्लेले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.