|

काठमाडौं : रुसले युक्रेनको एक रेल स्टेशनमा मिसाइल आक्रमण गरेको छ। आक्रमणमा कम्तीमा २२ जनाको मृत्यु भएको र कयौँ मानिस घाइते भएको युक्रेनी अधिकारीहरुले जनाएका छन्। 

पूर्वी सहर च्यापलिनमा भएको आक्रमणमा एक ११ वर्षीय बालकसहित ५ जनाको एउटै गाडीमा जलेर मृत्यु भएको छ। अधिकारीहरुका अनुसार त्यहाँ चारवटा गाडी जलेका छन् भने हताहत हुनेको संख्या बढ्ने अनुमान गरिएको छ। रुसले युक्रेनमा आक्रमण सुरु गरेको ६ महिना पुगेकै दिन रेल स्टेशनमा मिसाइल आक्रमण भएको हो। 

युक्रनेका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आक्रमणको जानकारी दिँदै ५० जनाभन्दा बढी घाइते भएको बताए।  आक्रमणबारे रुसले कुनै प्रतिक्रिया सार्वजनिक नगरेको बीबीसीले उल्लेख गरेको छ। रुसले आम नागरिक भेला भएका ठाउँमा आफ्नो सैनिकले आक्रमण नगर्ने दाबी गर्दै आएको छ। 

यसअघि गत अप्रिलमा एक रेल स्टेशनमा भएको मिसाइल आक्रमणमा ५० जनाभन्दा बढी मानिसको मृत्यु भएको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.