|

काठमाडौं : काठमाडौं महानगरपालिकाले नयाँ बानेश्वरस्थित अल्फा हाउसको अनधिकृत संरचना भत्काएको छ। सञ्चालकसँग सवाल जवाफपछि डोजर लिएर गएका महानगरका मेयर बालेन साहले अवैध संरचना भत्काएका हुन्। 

संरचना भत्काएपछि बालेनले फेसबुकमा लेखेका छन्, ‘उहाँले आफ्नै नक्सा मलाइ माग्नु भयो। मैले अफिस गएर नक्सा र डोजर लिएर गएँ। मैले के बिराएँ ?’

उनले अवैध संरचना हटाउन आग्रह गरेका छन्। 

‘अब उपरान्त यस्तो गर्न नपरोस्। सबैले आफैं बुझेर अवैधानिक रुपमा बनाइएको संरचना हटाइ दिनु होला। नक्सा जसरी पास भएको छ, त्यहि अनुसार बनाइ दिनु होला’ उनको भनाइ छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.