|

बैतडी : बलात्कारकाे आरोपमा बैतडीमा दुईजना पक्राउ परेका छन्।  पक्राउ पर्नेमा मेलाैली नगरपालिका-५ का ३५ वर्षीय किशाेरजाेशी र सिगास गाउँपालिका-३ का २७ वर्षीय खगेन्द्र धामी रहेका छन्। जाेशी शिक्षक हुन्। उनले कक्षा १० मा अध्ययनरत किशाेरीमाथि ट्युशन पढ्न आएका वेला बिहीबार बलात्कार गरेकाे आराेप लागेकाे छ। 

सिगास गाउँपालिकाको एक स्वास्थ्य चौकीका इन्चार्ज रहेका धामीले गत असारमा स्थानीय महिलालाई करेसाबारीमा लगेर बलात्कार गरेकाे आराेप छ। पीडित दुवै  महिला आफन्तकै संरक्षणमा रहेका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी लाेकराज जाेशीले जानकारी दिए।

प्रहरीले दुवै घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.