|
फाइल फोटो

काठमाडौं : माध्यमिक शिक्षा परीक्षा (एसइई) को ग्रेडवृद्धि परीक्षा आजदेखि हुँदै छ। 

राष्ट्रिय परीक्षा बोर्डले आज र भोलि दुई दिन परीक्षा संचालन गर्न लागेको हो। बिहान ८ बजेदेखि ११ बजेसम्म परीक्षा हुने छ। ग्रेड वृद्धि परीक्षामा ‘सी’ वा यसभन्दा कम ग्रेड ल्याउने नियमित विद्यार्थीले कुनै दुई विषयको परीक्षा दिन पाउने छन्। बोर्डका अनुसार आज अनिवार्य अंग्रेजी, एक विषयमा परीक्षा दिने परीक्षार्थीहरूको सबै विषय, दुई विषयमा परीक्षा दिने परीक्षार्थीहरूका लागि आफुले परीक्षा दिने विषयहरु मध्येको सानो कोड नम्बर भएको विषयको परीक्षा हुने छ। 

ग्रेड वृद्धि परीक्षाका लागि कार्यालयले ५ भदौसम्म आवेदन दिन आव्हान गरेको थियो। एसइईको नतिजा ११ साउन २०७९ मा सार्वजनिक भएको थियो। परीक्षा ९ वैशाख २०७९ देखि सञ्चालन भएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.