|

इलाम : काठमाडौंमा आयोजना हुने छैटौं महिला साफ च्याम्पियनसिपका लागि नेपाली टोली घोषणा भएको छ।

मुख्य प्रशिक्षक कुमार थापाले महिला साफ च्याम्पियनसिपका लागि २३ सदस्यीय राष्ट्रिय महिला टिमको घोषणा गरेका हुन्। थापाले केही नयाँ खेलाडीलाई समेट्दै नेपालको साफ टोली बनाएका छन् ।

यु–१९ टोलीका सदस्य अमिषा कार्की, समीक्षा घिमिरे र दीपा शाहीले पहिलो पटक सिनियर महिला टोलीमा स्थान बनाएका छन् । इन्जुरीका कारण नियमित कप्तान रेनुका नगरकोटी र डिफेन्डर पूजा राना समेटिएनन् ।

प्रशिक्षणको दौरान बोकेको चोटका कारण दुबैले महिला साफ  गुमाउने भएकी हुन् । रेखा पौडेलले टिममा पुनरागमन गरेकी छिन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आयोजना हुने महिला साफ च्याम्पियनसिप भदौ २१ देखि असोज ३ गतेसम्म हुनेछ।

नेपालले लगातार दोश्रो पटक साफको आतिथ्यता गर्ने अवसर पाएको हो । यसअघि पाँचौ संस्करण विराटनगरमा सम्पन्न भएको थियो ।

प्रतियोगिताको उद्घाटन खेलमा नेपालले भुटानको सामना गर्नेछ। समूह ’बी’ मा रहेको नेपालले भदौ २१ गते भुटानसँग प्रतिस्पर्धा गर्नेछ । यस्तै दोस्रो तथा समूह चरणको अन्तिम खेलमा भदौ २८ गते श्रीलङ्कासँग खेल्नेछ।

साफले सहभागी ७ टोलीलाई दुई समूहमा विभाजन गरेको छ। समूह ’ए’ मा डिफेन्डिङ च्याम्पियन भारत, माल्दिभ्स, बंगलादेश र पाकिस्तान रहेको छ । सहज मानिएको ’बी’ मा नेपाल सहित श्रीलंका र भुटान रहेको छ । समूह चरणको खेलपछि समूहको शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् ।

नेपाली टोली:
गोलकिपरः अन्जिला तुम्बापो सुब्बा, अञ्जना राना मगर, उषा नाथ

डिफेन्डरः हिरा कुमारी भुजेल, अमृता जैशी, गीता राना, पुनम जर्घा मगर, निशा थोकर, समीक्षा घिमिरे, विमला विक

मिडफिल्डरः विमला चौधरी, मञ्जली कुमारी योञ्जन, प्रीति राई, सरु लिम्बु, दीपा राई, दीपा शाही, इन्दिरा राई, अनिता बस्नेत, अनिता केसी

फरवार्डः अमिषा कार्की, रेखा पौडेल, सावित्रा भण्डारी, रश्मी कुमारी घिसिङ

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.