|

काठमाडौं : नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले ठमेलस्थित सार्वजनिक पोखरी मिचेर बनेको व्यापारिक भवन ‘छायादेवी कम्प्लेस’ भत्काउन माग गरेका छन्।

 प्रतिनिधिसभाको बैठकमा उनले छायादेवी कम्प्लेस प्रालिले बनाएको कम्प्लेस भत्काउन माग गरेका हुन्। उनले भारतको नोयडा राज्यमा नियम मिचेर बनाइएका ४० तले भवन सरकारले भत्काएको उदाहरण दिए।

उनले भने,‘भारतको टावर बम राखेर भत्काए जस्तै अनाधिकृत बनेको छाया कम्प्लेस भत्काउन जरुरी छ।’ सम्पदा संरक्षण अभियन्ताहरूले पनि ऐतिहासिक पोखरीमा बनाइएको उक्त कम्प्लेस भत्काउनुपर्ने माग गर्दै आएका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.