|

बझाङ : नेपाल विद्यालय कर्मचारी परिषद्को आन्दोलनका कारण बझाङका सरकारी विद्यालयको पठनपाठन बन्द भएको छ।

कर्मचारी परिषद्ले भदौ १२ गते आइतबारदेखि देशभरका सरकारी विद्यालय एक हप्ता बन्द गर्ने घोषणा गरेअनुसार बझाङ जिल्लाका सरकारी स्कुलमा पढाइ बन्द भएको हो। परिषद्ले सरकारसमक्ष ८ बुँदे माग राख्दै आएकोमा सरकारले बेवास्ता गरेको भन्दै १२ गतेदेखि १८ गतेसम्म सरकारी विद्यालय बन्द गरिएको सत्यवादी माविका शिक्षक शेरबहादुर ओलीले बताए।

सोहीअनुरुप बझाङको जयपृथ्वी नगरपालिकासहित जिल्लाका १२ वटै पालिकाका सरकारी विद्यालयको पठनपाठन पनि आइतबारदेखि एक साताका लागि ठप्प पारेका छन्।

नेपाल कर्मचारी परिषद्ले माग सम्बोधन गराउन दबाबस्वरुप भदौ १ गतेबाट नै आन्दोलनका विभिन्न कार्यक्रम गर्दै आएको नेपाल विद्यालय कर्मचारी परिषद प्रदेश सदस्य देवीभक्त जोशीले बताए। शनिबार परिषदले एक विज्ञप्ति जारी गर्दै विद्यालय बन्द गरि सहयोग गरिदिन आग्रह गरेको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.