|

रौतहट : रौतहट प्रहरीले बेवारिसे अवस्थामा २ क्विन्टल गाँजा बरामद गरेको छ।

सोमबार लालबकैया खोलाको किनारबाट प्रहरीले २ सय ४ केजी गाँजा बरामद गरेको हो। भारतर्फ ठूलो परिमाणमा गाँजा तस्करी हुँदै गरेको गोप्य सूचना पाएपछि सशस्त्र प्रहरी बल नेपाल बेस क्याम्प गौरको सशस्त्र टोलीले बेवारिसे अवस्थामा उक्त गाँजा बरामद गरेको हो।

जिल्लाको गौर नगरपालिका-२ बकैया खोलाको छेउमा १७ वटा प्लाष्टिकको पोकामा प्याक गरिएको गाँजा छाडेर तस्करहरू प्रहरीलाई देखेपछि फरार भएका थिए। बरामद गाँजा जिल्ला प्रहरी कार्यालय गौरमा ल्याइएको छ। यसबारे अनुसन्धान भइरहेको रौतहटका प्रहरी प्रवक्त सुनिल मल्ले जानकारी दिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.