|

काठमाडौँ : जनता समाजवादी पार्टी (जसपा) नेपालले विभिन्न राष्ट्रभाषामा आसन्न राष्ट्रिय महाधिवेशनको प्रचारप्रसार गरिरहेको छ। जसपाका अनुसार सबैलाई पहिचान सबैलाई सम्मानका खातिर राष्ट्रभाषालाई प्रचारप्रसारमा प्रयोग गरिएको हो।

पार्टीको प्रचारप्रसार तथा प्रकाशन विभागले ब्यानर, पोष्टर, स्टिकरलगायतका सामग्रीहरु नेपाली, अङ्ग्रेजी, मैथिली, भोजपुरी, अवधी, मगर, लिम्बू, शेर्पा, नेपालभाषालगायत राष्ट्रभाषामा तयार गरी प्रचारप्रसार गरिरहेको जनाइएको छ।

जसपाले एकताको प्रथम राष्ट्रिय महाधिवेशन कार्यतालिकाबमोजिम सार्वजनिक गरेको छ। जसअनुसार सङ्गठित पार्टी सदस्यको नामावली सार्वजनिक गरी आएका उजुरीउपर छानबिन गरी बैशाख २६ गते अन्तिम नामावली सार्वजनिक गरिनेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.