|

काठमाडौं : नेकपा (एमाले)का पोलिटब्युरो सदस्य महेश बस्नेतले सामाजिक सञ्जालमा भाइरल भएको फेक भिडिओ आफूसँग जोडिएको भन्दै आपत्ति जनाएका छन्। 

स्थानीय चुनावमा सिन्धुपाल्चोक चौतारा नगरपालिकामा माओवादीका तर्फबाट सभामुख अग्निप्रसाद सापकोटाको भाइ कृष्णप्रसाद सापकोटालाई टिकट दिएपछि मनोनयन दर्ता गर्न जाने क्रममा माओवादीकै निवर्तमान मेयर अमानसिं तामाङ पक्षका कार्यकर्ताबीच भएको विवादको भिडियो हालेर आफ्नो चरित्र हत्या गरेको बस्नेतले दाबी गरेका हुन्। 

सोही झडपको भिडियो सामाजिक सञ्जालमा महेश बस्नेतलाई भक्तपुरमा वाईसिएल कार्यकर्ताले लखेटेको भन्दै चर्चा भएको थियो। 

उनले झूटा प्रचार गरिएकोमा गम्भीर आपत्ती जनाउँदै चरित्र हत्या गर्ने अराजक तत्वहरूलाई कानुनी कारवाही गर्ने चेतावनी दिएका छन्। 

उनले फेसबुकमा लेखेका छन्, ‘तत्काल साइबर क्राइममा जानकारी गराई आवश्यक कानुनी प्रकृया अगाडी बढाउने समेत सम्पूर्णलाई जानकारी गर्दछु।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.