|

काठमाडौं : बहुप्रतीक्षित नेपाली फिल्म 'प्रेम गीत ३' को ट्रेलर सार्वजनिक भएको छ। प्रदीप खड्का र क्रिस्टिना गुरुङको मुख्य भूमिका रहेको फिल्मको ट्रेलर बिहीबार युट्युबमार्फत सार्वजनिक गरिएको हो। 

सार्वजनिक ट्रेलरमा मुख्य अभिनेता प्रदीप दुई अवतारमा देखिएका छन्। राजपरिवारमा जन्मेको पात्र प्रेमको राज योग र प्रेम योगको वरिपरि घुम्ने बताइएको फिल्मको ट्रेलरमा पनि दुवै पाटो देखाइएको छ। जसमा प्रदीप एक्सन र रोमान्टिक दुवै अवतारमा देखिएका छन्।

भारतका लागि डिजिटल राइट्स किनेको जि म्युजिक कम्पनीको युट्युब च्यानलबाट सार्वजनिक भएको ट्रेलरले दर्शकबाट उत्साहजनक प्रतिक्रिया पाइरहेको छ। हिन्दी र नेपाली गरी दुई भाषामा डब भएको फिल्म नेपाल, भारतसहित विश्वका विभिन्न देशमा आगामी असोज ७ गतेदेखि प्रदर्शनमा आउँदै छ। 

सन्तोष सेन र छेतेन गुरुङको संयुक्त निर्देशनमा बनेको फिल्ममा प्रदीप र क्रिस्टिनाबाहेक सुनील थापा, मनिष राउत, माओत्से गुरुङ, लक्ष्मी बर्देवा, योगिशा खत्री लगायतका कलाकारको अभिनय रहेको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.