|

सल्यान : सल्यानमा भीरबाट लडेर एक बालिकाको मृत्यु भएको छ। जिल्लाको कालिमाटी गाउँपालिका १ आपचौर निवासी १५ वर्षीया रुपा पुलामीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।

बुधबार साँझ करिब ६ बजेतिर घर नजिकै घाँस काट्न गएकोमा अबेरसम्म पनि घर नफर्किए पछि खोजी कार्य गर्ने क्रममा आज दिउँसो घर देखि करिब १ किलोमिटर टाढा रहेको झालेपहर भीरमा पुलामी मृत फेला परेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।

भीरबाट करिब ५० मिटर तल उनको शव फेला परेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी सन्तोष खनालले जानकारी दिए। मृतक पुलामीको पोष्टमार्टमका लागि सल्यान जिल्ला अस्पतालमा राखिएको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.