कुलमान भन्छन् : ५ वर्षपछि  वार्षिक २ खर्बको विद्युत् बेच्छौँ

|
फाइल फोटो

काठमाडौं : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले २ वर्षभित्र सबैको घरमा विद्युत् जडान गर्ने प्रतिबद्धता व्यक्त गरेकी छन्। 

नेपाल विद्युत् प्राधिकरणले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै मन्त्री भुसालले हाल ९५ प्रतिशत जनताको घरमा विद्युत् जडान भएको उल्लेख गर्दै २ वर्ष भित्र सबैको घरमा जडान गर्ने सरकारको योजना रहेको बताइन्। 

उनले विद्युत् खपत बढाउनका लागि पनि सबैलाई पुनः आह्वान गरिन्। मुलुकको व्यापार घाटालाई सन्तुलनमा ल्याउन पनि सरकारले विद्युतको आन्तरिक खपत बढाउने र निर्यात गर्ने नीतिलाई अघि बढाएको मन्त्री भुसालले स्पष्ट पारिन्। विद्युत खपत बढाउन सरकारले अभियान नै संचालन गरिरहेको उनको भनाइ छ। 

‘९५ प्रतिशत जनताको घरमा विद्युत् जडान छ। ५ प्रतिशत घरमा हामीले २ वर्षमा जोड्ने कुरा गरेका छौँ। त्यसैेले अब विद्युत् जनताको एकढंगले मौलिक अधिकार हो। उज्यालो भविष्यका निम्ति सबैखाले ऊर्जामा जलविद्युत् प्रयोग गरौँ भन्ने हाम्रो अभियान हो’ उनले भनिन्, ‘हामी यही अभियानलाई यथार्थमा बदल्ने र जनताले सजिलो भाषामा विद्युतको उपभोग, यसको महत्व अनि यसले राष्ट्रिय अर्थतन्त्रमा पार्ने सकारात्मक प्रभाव अहिलेको व्यापार घाटालाई सन्तुलित गर्न सक्ने एउटा राम्रो सन्देश यसले दिएको छ। सबैमा विद्युत् खपत गरौँ भन्ने यसको सन्देश हो।’

कार्यक्रममा बोल्दै नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले २ वर्षभित्र मुलुक विद्युतमा आत्मनिर्भर हुने दाबी गरे। उनले आन्तरिक खपत बढाएर पनि मुलुकमा ५ वर्षपछि वार्षिक रूपमा २ खर्बको विद्युत् निर्यात गर्ने योजना रहेको पनि बताए। 

‘२ वर्षपछि हामी विद्युतमा आत्मनिर्भर हुन्छौं। भैले भनिराखेको छु–५ वर्षपछि हामी वार्षिक २ खर्ब रुपैयाँ बराबरको विद्युत् निर्यात गर्छौं। त्यो आन्तरिक खपत बढाएर हो। आन्तरिक खपत बढाउनका लागि जनचेतनाको अभिवृद्धि र पूर्वाधार विकासमा हामीले जोड दिएका छौँ’ उनले भने। 

विद्युतको खपत बढाउन जनचेतनाको अभिवृद्धि गर्ने र पूर्वाधार विकासमा जोड दिइएको समेत बताए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.