|
फाइल फोटो

बारा  : बारामा प्रहरी र डाँकाबीच दोहोर भिडन्त भएको छ।  बाराको भलुही स्थित एरोटेक प्रा.ली.मा प्रहरी र डाँकाबीच दोहोर भिडन्त भएको हो। 

शनिबार राती भिडन्त हुँदा वरिष्ठ प्रहरी नायब निरिक्षक (सई) कलाम शाही घाइते भएका छन्।

 बाराको भलुही स्थित एरोटेक प्रा.ली.मा प्रहरी र डाँकाबीच दोहोर भिडन्त भएको हो। मध्यराती १२ः५ बजे ग्यास सिलिन्डर कम्पनीमा डाँकाहरू पसेको खबर पाएर गएको प्रहरी टोली माथि डाँकाहरूको समुहले आक्रमण गरेका थिए। डाँका पक्रने क्रममा डाँकाले प्रहार गरेको रड टाउकोमा लागेर शाही घाइते भएका हुन्। उनको टाउको चोट लागेको छ। 

घाइते शाहीको विरगञ्ज हेल्थ केयरमा उपचार भइरहेको र अवस्था खतरा मुक्त रहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ। यता दोहरो भिडन्तमा डाँका समुहका एक जना घाइते भएका छन्। उनको अलपाइन अस्पताल सिमरामा उपचार भइरहेको छ।

जीतपुरसिमरा उपमहानगरपालिक २३ मा रहेको ग्यास सिलिन्डर उत्पादक उद्योग एरोटेक प्रालिमा डाँकाहरूको समुहले लुटपाट गरीरहेको सुचना पाए लगतै घटना स्थलमा प्रहरी पुगेको थियो। 

दोहोर भिडन्तमा डाँका समुहले ३ तथा प्रहरीले तिन राउन्ड गोली चलाएको बाराका प्रहरी उपरिक्षक होबिन्द्र बोगटीले जानकारी दिए। डाँका समुहले चार राउन्ड फायर गरेपनि ३ राउन्ड पड्केको र एक राउन्ड गोली नपड्केको उनले जनाए।

दोहोरो भिडन्तकैबीच प्रहरीले २ जना डाँका पक्राउ गरेको छ। पक्राउ पर्नेमा जीतपुरसिमरा उपमहानगरपालिका वडाँ नम्बर ९ छातापिपरा बस्ने जयराम पासवान र  वडाँ नं. १० बलुवा बेहरा बस्ने जवाहिर महतो रहेको बताए। 

उनीहरूको साथबाट कटुवा पेस्तोल १ थान, एकनाले बन्दुक १ थान र गोली ३ थान प्रहरीले बरामद गरेको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.