‘देशको अर्थतन्त्र गठबन्धनले घरासायी बनायो’

|

काठमाडौं : नेकपा एमालेका महसचिव शंकर पोखरेलले पाँच दलीय गठबन्धनको रहस्य खुल्दै गएको दाबी गरेका छन्। 

आइतबार कैलालीको अत्तरियामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले आफूविरुद्धको महाभियोग प्रस्तावमा छलफलका क्रममा बयान दिने क्रममा परमादेशको रहस्य खुल्दै गएको बताएका हुन्। 

उनले भने, ‘एमाले र केपी ओलीले राष्ट्रियताका पक्षमा, नाकाबन्दी विफल बनाउन, चुच्चेनक्शा प्रकाशन, देशलाई जातीय राज्यमा विभाजन रोक्न निर्वाह गरेको भूमिका जस्ता देश र जनताको हितका कदमको प्रतिशोध लिनका लागि पाँचदलीय गठबन्धन जन्माइएको हो।’ 

फास्ट ट्रयाक सडक निर्माणको काम रोक्ने प्रयास भएको र त्यसमा आन्तरिक मात्र नभई वाह्य स्वार्थ रहेको आरोप लगाए। 

‘एमालेको सरकारले पूरा हुन नदिएको, विकास र समृद्धिको यात्राका क्रममा ठूला परियोजनाहरु अगाडि सारेको मन नपराएकाहरुले एमालेलाई सरकारबाट हटाउनका लागि पाँचदलीय गठबन्धनको जन्म भएको हो भन्ने कुरा सबैले बुझ्नुपर्छ’ उनको भनाइ छ। 
 
राणाको बयान आफूहरुको पक्षमा नभएपछि पाँचदलीय गठबन्धनले बयान रोक्ने प्रयास गरेको बताए। महाभियोग प्रस्ताव तत्कालै छलफलमा लैजानुपर्नेमा सभामुखले न्यूनतम मर्यादाको पनि ख्याल नगरी महिनौ रोकेर नयाँ नजिर बनाएको उनको बुझाइ छ। 

देशको अर्थतन्त्रको एकबर्ष अघि र अहिलेको अवस्थाकाबारेमा चर्चा गर्दै गठबन्धन सरकारको एकबर्षको काम गराईबाट पनि यो गठबन्धन नेपाल राष्ट्र र नेपाली जनताको हितमा नभएको बताए। 

उनले नागरिकता विधेयकमा गठबन्धन सरकारमा रहेका दलहरुको गलत चरित्र उजागर भएको बताए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.